मन्त्रालयको बाँडफाँट आजै साँझ सकिने, मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइने

मन्त्रालयको बाँडफाँटको अन्तिम टुंगो दिन साझेदार दलको बैठक आज साँझ ५ बजे बस्दैछ । बैठकमा १७  मन्त्रालयको बाँडफाँटको अन्तिम टुंगो दिनेछ ।

दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएर आजै मन्त्रीको नाम बुझाउने तयारी गरिएको छ ।

दलहरुले आज मन्त्रीको नाम बुझाए सकेसम्म आजै नभए भोलि नयाँ मन्त्रीहरुको सपथ गराउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । 

यसअघि १० पुसमा प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । तर, त्यति बेला बनाइएका ४ मन्त्रीहरुलाई अहिलेसम्म जिम्मेवारी दिइएको छैन ।

सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेट भएको थियो । त्यसपछि उनीहरुबीच मन्त्रालय भागवण्डामा सहमती जुटेको हो । उनीहरुबीच पाँच घन्टाभन्दा बढी छलफल भएको थियो ।





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १६:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया