मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ । 

२७ पुसमा ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव २९ पुसमा पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले पनि उनलाई समर्थन गरेको थियो । हाल उनलाई ७२ सांसदको समर्थन छ ।

यादवलाई अहिले जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा दुई स्वतन्त्र प्रदेश सभा सदस्यसहित ७२ प्रदेश सांसदको समर्थन रहेको हो । प्रदेशसभामा हाल १०५ सांसद छन् । 

माओवादीका दुई सांसदको शपथ विवादको कारण रोकिएको छ । हालसम्म कांग्रेस २२, एकीकृत समाजवादी सात, नागरिक उन्मुक्ति पार्टी एक र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन् । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ९:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया