वर्षमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि पुन केही दिनदेखि सुमेरु अस्पतालमा उपचाररत छन् । त्यस्तै,  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पुनलाई भेटेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत ३० पुसमा रुकुमबाट सुमेरु अस्पताल ल्याएर उपचार थालिएको छ ।  

उनी वंशाणुगत जण्डिसबाट पीडित छन् । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १०:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया