शासकवर्गले मधेसी र थारूलाई बहिष्करण गर्यो, मधेसले यसको प्रतिकार गर्नेछ : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट रहेको आशय व्यक्त गरेका छन् । बुधबार ट्विट गर्दै उनले शासकवर्गले आफूहरुलाई ‘बूलडोज गरेको’ आरोप लगाएका छन् । 

चरम नश्लवादीहरूको झुण्डले पूरै मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गरेको आरोप लगाउँदै उनले मधेसले यसको प्रतिकार गर्ने बताएका छन् ।

जनमत पार्टीले वर्तमन सत्ता गठबन्धनसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अब्दुल खानलाई खानेपानीमन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रालय भागबण्डामा असन्तुष्टि राख्दै मन्त्री खानले अहिलेसम्म शपथ लिएका छैनन् ।

‘कुरा केवल जनमत पार्टीको होइन, जसपा–लोसपा–जनमत–नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो,’ राउतले ट्विटमा लेखेका छन्, ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेका हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।’





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार २२:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया