जसपा चाँडै नै सरकारमा आउने योगेश भट्टराईकाे दाबी

नेकपा एमालेका सचिव योगेश भट्टराईले जनता समाजवादी पार्टी चाँडै नै सरकारमा आउने दाबी गरेका छन् । 

बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले जसपा सत्ता गठबन्धनमै रहेकाले छिट्टै सरकारमा आउने बताए ।

जसपाका लागि मन्त्रालय छुट्याएर राखिसकिएकाे भन्दै उनले जसपाका केही माग सम्बोधन भएपछि चाँडै सरकारमा आउने बताए । 

जसपाका मागबारे शीर्ष नेता बसेर टुंगाे लगाउने उनले बताए । 
नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनाएको उनले बताए ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १६:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया