राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने र त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । 

बिहीबार संसद्बाट बाहिरिने क्रममा ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारे । राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उमेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने उनकाे भनाइ छ । 

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासकाे मत दिने दलहरूकाे बैठक राखेका थिए । साे बैठकमा उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न सकिने बताएका थिए । 

साेही प्रसंगमा ओलीले भने, 'ठिक छ राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा एमालेले उमेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।'

सरकारलाई विश्वासको मत दिएकाे कांग्रेसका सांसदहरूले अनावश्यक रूपमा सत्ता गठबन्धनको विरोध गरेको ओलीले बताए ।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १७:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया