बेलायती प्रधानमन्त्री ऋषि सुनकले गुडिरहेको गाडीको प्यासेन्जर सिटमा बस्दा सिट बेल्ट नलगाएपछि बेलायती संसदमा हंगामा भएको छ ।
उनले सामाजिक सन्जालमा एक भिडियो सार्वजनिक गर्दा सिट बेल्ट खोलेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान पनि गर्ने भएको छ ।
सुनकले चाहिँ आफूले गल्तीले यस्तो गरेको भन्दै माफी मागेका छन् । सामाजिक सन्जालको क्लिपका लागि मात्र आफूले सिट बेल्ट खोलेको उनले बताएका छन् ।
बेलायतमा सिट बेल्ट नलगाउँदा ५ सय पाउण्ड जरिवाना लाग्छ ।
उनका प्रवक्ताले गल्ती महसुस गरेर प्रधानमन्त्रीले माफी मागेको र सबैले सिट बेल्ट लगाउनु पर्ने धारणा उनको रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।