कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
फाइल फाेटाे

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई २५ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका १४ जना सांसदले भने विपक्षमा मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । रुकुम पश्चिम –२ बाट निर्वाचि भएका शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १५:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया