राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गरेको छ । जसअनुसार उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् ।
रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेको हो ।
उपनेता श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक परियार समानुपातिकतर्फका सांसद हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।