टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको ‘फेस्टिभल’मा अभिनेत्री शर्माले नेपाली सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । 

 ‘फेस्टिभल’मा भाग लिन ऋचा एक साताअघि अष्ट्रेलिया पुगेकी थिइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड हो । 

सयभन्दा बढी देशका विभिन्न विधाका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । अवार्ड लिएर ऋचा बुधबार नेपाल फर्किँदै छिन् ।  

फिल्म ‘ब्लड मनी’ले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ ।  

फिल्ममा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको समेत अभिनय रहेको छ । सनिस श्रेष्ठ र विदेशमा सुवास गिरीले खिचेको ‘ब्लड मनी’को निर्माता पारस तिमल्सिना हुन् ।

फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनाका अनुसार २८ मिनेट अवधिको ‘ब्लड मनी’ फिल्ममा पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथा देखाइएको छ । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार २२:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया