अदानचुली गाउँपालिकाका अध्यक्षले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत

हुम्लाकाे अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत नन्दराज गिरीलाई गाउँपालिकासँग समन्वय नगरी आएको आरोप लगाउदै हाजिर हुन नदिई फिर्ता पठाएका हुन् । 

'मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको रहेछ,' अध्यक्ष मोहनविक्रम भने, 'मैले फिर्ता पठाउन पत्राचार गर्दै हाजिरी हुन नदिएको हुँ। 

अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । 

मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो । सरुवा भई आएका गिरीले हाजिर गर्न पाएका छैनन् । 

गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गरेका हुन् ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १७:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया