इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमविरुद्ध टोटेनहम १–० विजयी भएको छ ।
गएराति सम्पन्न खेलमा टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।
टोटेनहमका लागि केनको यो २६६ औं गोल हो । योसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा रहेको छ ।
पराजित फुलहम ३१ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।