झापाको चिया बगानमा युवायुवती मृत फेला

झापामा युवायुवती मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरू मंगलबार बिहान कचनकवल गाउँपालिका–४ केचनामा साे ठाउँका २५ वर्षीय राजेशकुमार गणेश र पवित्राकुमारी राजवंशी मृत फेला परेका हुन् ।

दुवै जना झुन्डिएको अवस्थामा एभरेष्ट चिया बगानमा भेटिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । दुवैजना एउटै कपडाले पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् ।  घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।  





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १०:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया