राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाजलगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजाजस्तै भएको टिप्पणी गरेकी हुन् । 

'आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी'मा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उनले उल्लेख गरिन् । 

पुराना प्रतिनिधिको मानसिक विकास हुन नसकेको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनकाे भनाइ थियाे । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १६:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया