आलोचना भएपछि डा.तोसिमाले भनिन् - मृत्युमाथि राजनीति नगरौँ, बचाउन बहस गरौँ

मंगलबार आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधबार ज्यान गयो । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो । 

सोही दिन बेलुका स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पतालमा उनलाई भेट्न पुगेकी थिइन् । अस्पताल गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि राज्यमन्त्री डा. कार्कीले प्रष्टीकरण दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको बताएकी छन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले लेखेकी छन्,‘कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

उनले  मृत्यु माथी राजनिती गर्नु साटो बचाउनको लागि बहस गर्न आवश्यक रहेको समेत उल्लेख गरेकी छन् ।उनले फेसबुकमा लेखेकी छन्,‘हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्यु माथी राजनिती गर्नु साटो अरु हजारौँ प्रेम आचार्यहरुलाई आत्महत्या र आत्मदाह गर्न बाट कसरी बचाउन सकिन्छ ? मानसिक स्वास्थ्यको के छ वस्तुस्थिती ? आउनुस् न त्यो बहस गरौँ ।’ 

 





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १०:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया