प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच केही बेर अघि भेटवार्ता सुरु भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा छलफल भइरहेको बताइएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि गृहमन्त्री पद रिक्त छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।