धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति हिरासत तोडेर ६ थुनुवा फरार भएका धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जनाएका छन् ।
फरार हुनेहरूमा वर्षीय विनोदकुमार शर्मा, २५ वर्षीय अमित यादव, रोशन यादव, हरिदीप सिंह, २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर सिंह रहेका छन् । भागेकामध्ये दुईजना हातहतियार, दुईजना लागुऔषध र दुईजना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए ।
फरार उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिरासत कक्षतर्फको भित्ता कमजोर भएका कारण फोडेर भाग्न सफल भएको धनुषा प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।