पिएसजीको जितमा मेस्सीको गोल, एमबाप्पे पेनाल्टीमा चुके

फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ३–१ गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले एक/एक गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए । 

मोन्टपेलिएरमा भएको खेलमा पिएसजीलाई सुरुवातमै अग्रता लिने मौका थियो । उसले नवौं मिनेटमा पेनाल्टी अवसर पायो । तर, त्यसमा केलियन एमबाप्पे चुके । फेरि पेनाल्टी प्रदान गरिए पनि एमबाप्पे सफल हुन सकेनन् । दुई सुनौलो अवसर गुमाएका उनी चोटका कारण २१ औं मिनेटमा मैदान बाहिरिए । 

पिएसजीले सुरुवाती अग्रता लिन ५५ मिनेट पर्खिनुपर्‍यो । उसलाई सुरुआती अग्रता फावियन रुइजले दिलाए । ७२औं मिनेटमा उनको असिस्टमा मेस्सीले गोल गरे । ८९औं मिनेटमा एर्नाअड नोर्दिनले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वारेन जाइरी एमेरीले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजी थप बलियो देखिएको छ । उसले २१ खेलबाट ५१ अंक जोडेको छ ।

पिएसजी दोस्रो स्थानको मार्सेभन्दा ५ अंकले अगाडि छ । पराजित मोन्टपेलिएर २० अंकका साथ १४ औं स्थानमा छ ।





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार ८:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया