साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ भने १०१ कम्पनीमा ओरालो लागेको छ । साथै ७ कम्पनी स्थिर रहेको छ । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। एनआइसी एसिया बैंकको ५ करोड ८५ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ उपसूचकमध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकको मूल्य उकालो लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।