ओलीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न : कांग्रेस फोबियाबाट कहिले मुक्त हुने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘कांग्रेस फोबिया’बाट कहिल्यै मुक्त हुन नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले यस्तो आरोप लगाएका हुन् ।  

सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको भन्दै उनले ओलीको भाषणलाई ‘चुनावी भाषण’को संज्ञा दिएका छन् । आज संसदमा यस्तो सुन्नु आफ्ना लागि नौलो अनुभव रहेको उनले टिप्पणी गरेका छन् ।

प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै रहेको स्मरण गराउँदै शर्माले ‘बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास र नबुझ्नेकालागि ढोक्सा भएको’ बताए ।

आज संसद विघटनको पक्षमा बोल्ने साहस नराखेकोमा धन्यवाद दिँदै शर्माले ओलीलाई ‘कांग्रेस फोबिया’बाट तपाईं कहिले मुक्त हुने ? भन्दै प्रश्न गरेका छन् । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १६:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया