गायक पशुपति शर्मालाई सांसद सिंहले २५ हजार पुरस्कार दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका सांसद अमरेश कुमार सिंहले लोकदोहरी गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सिंहले जनवोली गायक शर्मालाई आफ्नो फागुन महिनाको तलव हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । 

लोकतन्त्र र गणतन्त्रको नाममा जनताको भावना र एउटा सर्जककोे भावनालाई सम्मान गर्न नसक्ने वर्तमान सरकारलाई पनि जनताले सम्मान गर्न नसक्ने उनको भनाइ थियो ।  

दुई तिहाई सरकारको अगाडि जनताको गीत गाउनेको मुखमा नै ताला लगाउनुपर्ने, सुन्नेलाई कानमा मर्करी या सिसा पगाल्नुपर्ने सरकारको बुझाइले लोकतन्त्रमा नै प्रश्न उब्जिएकोे बताए । 

शुक्रबार रिलिज गरिएको गीतमा शर्माकै शब्दरचना र स्वर रहेको छ । ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको गीत उनले आफ्नो युट्युब च्यानबाट हटाएका थिए ।

नेपालको राजनीतिमा देखिएको बेथितीलाई गीतमा उतारेपनि शब्दमा केही असन्तुष्टि देखिँदा उक्त गीत युट्युबबाट हटाएको प्रतिक्रिया गायक पशुपति शर्माले दिएका थिए । 






  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १४:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया