सेयरबजारमा झिनो अंकको वृद्धि
फरकधार / २३ माघ, २०७९

साेमबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । कारोबारको दोस्रो दिन नेप्से सूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको हाे ।



नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक सूचक, जीवन बिमा सूचक, म्युचुअल फण्ड सूचक, निर्जीवन बिमा सूचक र ब्यापार सूचक घटेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।



सर्वाधिक आज उत्पादन तथा प्रशोधन सूचकको १.३८ प्रतिशतले बढ्न पुगेको छ ।



  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १५:५९:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया