रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूकाे राजीनामा स्वीकृत गरेका हुन् ।  

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा.तोसिमा कार्की नियुक्त भएका थिए । 

राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

राजीनामालगत्तै रास्वपाका निवर्तमान मन्त्रीहरुले सोमबार नै सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित सबै निवर्तमान मन्त्रीहरुले सरकारी क्वार्टर छाडेका हुन् ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १६:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया