प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कैलाली जिल्ला अदालतको फैसलाअनुसार जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको हो ।
आइतबार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । १९ माघमा बर्दियाबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेस गरिएको थियो ।
उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालतसमेतका नाममा आदेश जारी गरेको हो ।
यस्तै, निवेदनमा माग गरिएअनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ ।
सार्वजनिक सम्पत्ति (ट्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो । बिहीबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतले शुक्रबार चेल चलान गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।