पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् । रावलले २६ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका रावल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन । निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने भन्ने निर्णय अझै गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।