मुखमा सर्प हालेर ‘स्टन्टबाजी’ गर्ने सर्प उद्धारकर्मीको मृत्यु

जिउँदो विषालु सर्पलाई आफनो मुखभित्र हालेर‘ स्टन्टबाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको मृत्यु भएको छ ।

एक स्थानीयको घरमा विषालु सर्प पसेपछि उद्धारका लागि बोलाइएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्टबाजी’ गर्दै गर्दा सापले डसेर निधन भएको हो ।

समाचार अनुसार सन्तोषले विषालु सापलाई पक्रेपछि आफनो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेट्नेजस्ता अनेक हर्कत गरिरहेका थिए । पक्राउ परेको सापलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाइरहेका थिए । 

साप विषालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानीयले अनुरोध गर्दा पनि उनले ‘स्टन्टबाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापलाई खेत तथा जंगलतिर छाड्ने गरे पनि पछिल्लाे सापलाई उनले जंगलतिर नछाडेर कपडाले बेरेर आफ्नो घरतर्फ लगे ।

अन्तत: ‘स्टन्टबाजी’ गर्दागर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्तत: मृत्यु भएको घोषणा गरिदिएका थिए ।





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १५:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया