विवाहकाे केही सातामै राखीले मागिन् डिभाेर्स, पति दुर्रानी पक्राउ

बलिउड अभिनेत्री राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ मंगलबार गरेको छ। दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलंघन गरेको आरोपमा पक्राउ गरिएको हो । 

प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेसन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेसनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।  

राखी सावन्तले भनेकी छिन, ‘मंगलबार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरेँ ।’ 

उनले आफूमाथि निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआइआर पनि दर्ता गराएकी थिइन् । राखी सावन्तको विवाह केही साताअघि मात्रै भएको थियो । 

पति पक्राउ परेपछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन्, ‘यी मान्छेसँग म बस्न सक्दिनँ, उनी धेरै केटीसँग अहिले पनि सुत्छन्, मैले अन्तिममा पनि तनुलाई छाडेर आउ भनेकी थिएँ, तर उनले मानेनन्, अब म डिर्भोस गर्छु ।’






  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १६:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया