बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरूले मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा लगनगाँठो कसेका हुन् ।
शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो । विवाहसँगै दुवैले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन् ।
‘अब हाम्रो स्थायी बुकिङ सकियो । हामीलाई तपाईँका माया र आशीर्वाद चाहिन्छ,’ कियाराले इन्स्टाग्राममा लेखेकी छिन् । विवाह समारोहमा सिद्धार्थ र कियाराका परिवारसहित बलिउडका कलाकार र व्यवसायी उपस्थित थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।