logo-img

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । 

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् । 

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दरौदी राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभारमा सीमित हुन पुगे । 

एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो । 

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो  ।





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १७:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया