साफ यू–२० फाइनल : बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ ६ बजेदेखि सुरु हुनेछ ।  

हालसम्म बंगलादेशले सर्वाधिक दुईपटक यू–२० साफको उपाधि जितेको छ । उसले २०१८ र २०२१ मा उपाधि हात पारेको थियो । नेपालले भने हालसम्म यू–२० साफको उपाधि जित्न सकेको छैन । नेपाल सन् २०१८ को साफमा उपविजेता भएको थियो ।  

नेपाल यसपटक बंगलादेशलाई हराउँदै उपाधि हात पार्ने रणनीतिमा छ । तर, अपराजित बंगलादेशलाई हराउँदै नेपाललाई उपाधि जित्न सहज भने पक्कै छैन । अघिल्लो चरणमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएको थियो । 

नेपाल सो हारको बदला लिँदै बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । अघिल्लो खेलमा भारतलाई हराएकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।

जारी प्रतियोगितामा बंगलादेशले नेपाललाई ३–१ ले हराउँदा भारतसँग गोलरहित बराबरी खेलेको थियो । उसले तेस्रो खेलमा भुटानलाई ५–० ले हरायो ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार बेहोर्दा दोस्रो म्याचमा भुटानलाई ४–० तथा तेस्रो खेलमा भारतलाई ३–१ ले हरायो । नेपाल अब जारी प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ ।  





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ७:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया