राष्ट्रपति भण्डारीको विशेष सम्बोधन प्रधानमन्त्रीले टेबुल गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधनलाई प्रधानमन्त्री प्रचण्डले टेबुल गर्ने भएका हुन् ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने जानकारी दिए । उनका अनुसार संसद सचिवालयले राष्ट्रपतिले भोलि गर्ने विशेष सम्बोधनको तयारी पूरा गरेको छ ।  

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। 

सोही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले आफनो दुई कार्यकाल सकिनुअघि विशेष सम्बोधन गर्न लागेकी हुन् । दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको सो विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रुपमा हेरिएको छ । 

नेपालको संबिधानले एक व्यक्ति दुईपटकभन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ, जसका कारण पुनः निर्वाचिन भएर आउन भण्डारीलाई संविधानले रोकिदिएको छ, यो उनको अन्तिम कार्यकाल हो ।  



उता, निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिबार साँझका लागि रात्रिभोजको समेत आह्वान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीलाई निम्तो दिइएको छ । 



उनी नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपतिको रुपमा २५ फागुनबाट औपचारिक रुपमा बिदा हुँदै छिन् ।

  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १९:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया