रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्टलाई सर्वसम्मत चयन गरिएको छ । बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत चयन गरेको हो । 

पेसाले इन्जिनियर रहेका विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन् । चार वर्षअघि भारतबाट कैलाली फर्किएर व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका छन् ।   

बिहीबार नै पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् ।  





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १०:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया