सुदूरपश्चिममा कांग्रेसका देउवा भौतिक र एसका शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डलसमेत विस्तार गरेका छन् । उनले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका प्रकाश देउवा र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

एकीकृत समाजवादीबाट मन्त्री बनेका शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका देउवा कांग्रेसबाट कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्री बनेका हुन् ।





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १६:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया