सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे नागरिक उन्मुक्तिका अध्यक्ष र परिवार

सुदूरपश्चिमको मुख्यमन्त्री कमल शाहले नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन्। 

शुक्रबार कांग्रेसबाट मुख्यमन्त्री बनेका उनले शपथ र पदभारग्रहण गरेलगत्तै शनिबार चौधरीकी आमा र घर परिवारका अन्य सदस्यलाई भेटेका हुन् । 

भेटमा उनले रेशमलाई जेलमुक्त गर्ने अभियानमा आजैदेखि लागेको बताएका थिए। उनको सो भेटलाई आफ्नो पक्षमा मत दिन नागरिक उन्मुक्तिसमक्ष गरिएको पहलका रुपमा हेरिएको छ ।

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ।

उनले टीकापुर घटनालाई राजनीतिक रूपमा लिएर त्यही हिसाबले समाधान गर्नुपर्ने पनि बताउँदै उनले रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीलाई छुटाउने अभियानमा आफू सक्रिय भएर लाग्ने बताए । 

शनिबार टीकापुर नगरपालिकाको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि थिइन्। 



सोही क्रममा सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह र अध्यक्ष श्रेष्ठबीच भेटवार्ता भएको हो । 

शाहले विश्वासको मत पाउने दाबी गरेका छन्। यसअघि एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो। 



सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार १६:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया