द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणमा लागौँ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई बिर्सन नहुने बताएका छन् ।

२८ औं शहीद दिवसको अवसरमा शुभकामना दिँदै उनले अब पुरानो घाउ कोट्याएर आरोप प्रत्यारोपभन्दा द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न आह्वान पनि गरेका छन् ।   

‘जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई सबैले आत्मसात गरौँ । अब पुराना घाउ कोट्याएर आरोप प्रत्यारोप गर्ने हैन द्वन्द्वका घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौँ,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।  





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १०:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया