एभर्टनविरुद्ध लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एभर्टनविरुद्ध सहज जित दर्ता गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा लिभरपुलले पाहुना टोली एभर्टनविरुद्ध २–० को सहज जित दर्ता गरेको हो ।  

लिभरपुलको जितमा मोहम्मद सल्लाह र कोडी गाक्पोले एक/एक गोल गरे । खेलको ३६ औं मिनेटमा डार्विन नुनियेजको पासमा सल्लाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । 

दोस्रो हाफ सुरु भएको चार मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो । यो जितपछि ३२ अंक जोडेको लिभपरपुल नवौं स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा रहेको आर्सनलको २१ खेलबाट ५० अंक रहेको छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीको ४८ अंक छ । ऊ दोस्रो स्थानमा छ ।

लिभरपुलसँगको हारले एभर्टनले रेलिगेसन जोनबाट माथि उक्लने मौका गुमायो । १८ औं स्थानमा रहेको उसको २२ खेलबाट १८ अंक छ । 





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार ७:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया