तीव्र गतिको ट्रकले जन्तीकाे भीडलाई ठक्कर दिँदा १३ जनाको मृत्यु

एजेन्सी– राजस्थानको प्रतापगढ जिल्लामा तीव्र गतिमा आएको ट्रकले सडक किनारामा नाचिरहेका जन्तीलाई किच्दा १३ जनाको मृत्यु भएको छ । यो घटनामा ४ बच्चासहित १३ जनाको मृत्यु भएको हो भने दुलहीसहित १८ जना घाइते भएका छन् । 

डिएसपी विजयपाल सिंहले बताएअनुसार दुर्घटना सोमबार राती चितौडगढ–प्रतापगढ ११३ राजमार्गकोे रामदेव मन्दिर नजिकै भएको थियो । 

विवाहमा बेहुलीका आफन्तहरुले उनलाई घोडामा चढाएर नाचिरहेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएर फरार भएको थियो । 

डिएसपी सिंहका अनुसार बसवाडाबाट निमबेहारा जाँदै गरेको ट्रकले उनीहरुलाई किचेको थियो । दुर्घटनामा घाइते भएका छोटी सादडीको सरकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते १५ जनालाई उदयपुर रिफर गरिएको छ । मृतककोे शव पोस्र्टमार्टमका लागि शवगृहमा राखिएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मुख्यमन्त्री अशोक गहलोतले दुख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १३:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया