तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । योसँगै सुनको मूल्य आज १ लाख ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ निर्धारण गरिएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । 

चाँदी भने आज पनि सोमबारकै मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार ११:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया