अमेरिकामा विश्वविद्यालयमा गोली चल्यो : तीनको मृत्यु, पाँचजना घाइते

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् । 

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार बिहान विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । अभियुक्तको खोजी भइरहेको छ । 

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारीसाधन विश्वविद्यालय पुगेका थिए ।   





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार ११:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया