रक्सी खाएर कुटपिट गरेको आरोपमा ‘म्याकुरी’ पक्राउ

कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । म्याकुरी नामले चिनिएका कलाकार खतिवडालाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

हास्यकलाकार खतिवडा म्याकुरी नामले चर्चित छन् ।

बेलबारी नगरपालिका ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा त्यहाँको प्रहरीले उनलाई र उनीसँग रहेका रमेश भण्डारीलाई पक्राउ गरेको हो । 

मदिरा सेवन गरेर उनीहरुबीच झगडा भएको र त्यही क्रममा उनले कार्कीमाथि हातपात गरेका हुन् ।

उनीहरुबीच मेलमिलाप गरेर छाडिने प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १७:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया