\
युरोपा लिगअन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना बराबरीमा रोकिएका छन् । गएराति क्याम्पनाउमा भएको खेलमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले सुरुआती अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । मार्कस राशफोर्डले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो । खेलको ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याउन सफल भए ।
अब दुई टोलीबीचको दोस्रो लेग २४ फेब्रुअरीमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।