हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो । राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो ।

हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता  (१००:८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता शेयर बराबर हिमालयन बैंकको ८० कित्ता शेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए । एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

पन्ध्र दिन कारोबार बन्द
यही फागुन १२ गते हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैंकको शेयर रोक्का हुने भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो ।

यही फागुन १२ गते हिमालयन बैंकसँग मर्ज हुन लागेको सिभिल बैंकको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हुन लागेको हो ।





  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार १३:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया