प्रचण्डलाई भेट्न ओली फेरि पुगे बालुवाटार
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आसन्न राष्ट्रपति निर्वाचनको विषयमा यी दुई नेताबीच लामो समयदेखि छलफल चल्दै आएको छ ।

यही विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको भन्दै ओलीले राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने अडान राखिरहेका छन् । 

तर प्रचण्ड राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने अडामा छन् । यहीबीच ओलीले राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन् ।

राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । 

 



 



  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार ११:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया