एमालेले उठाएको उमेदवारले नै राष्ट्रपतिमा जित्ने विष्णु पौडेलको दाबी

नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेले उठाएको उमेदवारले नै राष्ट्रपतिमा जित्ने दाबी गरेका छन् । 

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने दाबी गरे । 

वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने उनले बताए । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १८:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया