बालुवाटारमा चार दलको बैठक सकियो, पाँच बजे पुनः बस्ने
फाइल तस्बिर

राष्ट्रपति उम्मेदवार टुंग्याउनेबारे छलफल गर्न बसेको चार दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको हो ।

नेताहरुबीच राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन आजै साँझ पाँच बजे फेरि बैठक बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । 

बैठकमा कांग्रेस, माओवादीसँगै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु पनि सहभागी थिए । राष्ट्रपतिका विषयमा छलफल गर्न कांग्रेसबाट सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, पूर्ण बहादुर खड्कालगायतका नेताहरू बालुवाटार पुगेका हुन् । 

आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारमा सहमति जुटाउन दलहरूले छलफललाई तीव्र पारेका छन् ।

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने अडान राखिरहेका छन् । 

तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने अडानमा छन् । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार १३:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया