‘निर्वाचनको तीन महिनामा तीनवटा गठबन्धन देखापरे, पाँच वर्षमा धेरै देख्न पाउनेछौँ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन पनि दिगो हुने कुनै ग्यारेन्टी नरहेको बताएका छन् । बंगलादेशको तीनदिने भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो आशंका व्यक्त गरेका हुन् । 

निर्वाचन भएको तीन महिनामा तीनवटा गठवन्धन बनेको भन्दै नेता खनालले यो गठबन्धनको आयु पनि लामो हुनेमा आशंका गरेका हुन् । ‘निर्वाचन भएको तीन महिनामा तीनवटा गठबन्धन देखापरेका छन् । यो गठबन्धनको शृङ्खला आगामी पाँच वर्षमा हामीले धेरै देख्न पाउनेछौँ, उनले भने, ‘त्यसैले यो तेस्रो गठबन्धन मात्रै हो । त्यसैले यी गठबन्धनबाट देशले धेरै ठूलो पाउनेछ भन्नेमा मलाई विश्वास छैन ।’

त्रिशंकू संसदमा कुनै पनि गठबन्धनको आयु लामो नहुने ठोकुवा गर्दै उनले भने, ‘सामान्यतया त्रिशंकू संसदका गठबन्धन भ्यागुताको धार्नी मात्रै हुन्, त्यसैले दिगो हुन्छ भन्ने कुनै पनि ग्यारेन्टी छैन ।’





  • प्रकाशित मिति : फागुन १३, २०७९ शनिबार २२:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया