जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद तथा माना चामल मुद्दामा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएको छ ।
उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतले आइतबार उनीहरूको सम्बन्धविच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको हो ।
शिल्पा ओझाकी चौथी श्रीमती थिइन् । शिल्पाले सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदीसासूलाई धर्मपुत्रका रूपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए ।
अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।