राष्ट्रपतिका उम्मेदवारले चार लाखभन्दा बढी खर्च गर्न नपाउने, १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता

निर्वाचन आयोगले राष्ट्रपतिका उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ । जसअनुसार राष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसारका लागि चार लाखसम्म खर्च गर्न पाउने भएका छन् । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार आयोगले खर्चको सीमा तोकेको हो । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुने कार्यतालिका छ । 

आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा ६२ को  (१) मा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेको हो । खर्चको सीमा राजपत्रमा प्रकाशन गर्न भने बाँकी  छ ।

आयोगले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू गर्ने भएको  छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने भएकाले आयोगले ५ चैतसम्म आचारसंहिता लगाएको हो । 

राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवाचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल आठदलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने नेम्वाङलाई अहिलेसम्म एमालेबाहेक अरु पार्टीले समर्थन गरेका छैनन् ।  





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १८:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया