सेयर बजार ३.८१ अंकले घट्यो

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अंकले घटेर ३८१.९३ विन्दुमा पुगेको छ।

यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचक​मा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी शिवम सिमेन्टको ६ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ ।​ मंगलबार उपसूचक​हरुमध्ये ४ कम्पनीबाहेक सबै कम्पनीमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय​ संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीले सर्वाधिक कमाएका छन् । 





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १६:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया