सेयर बजार दाेहाेरो अंकले घट्याे

बुधबार सेयर बजार कारोबार दाेहाेराे अंकले घटेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको हाे । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अंकले घटेर ३७८.३७ विन्दुमा पुगेको छ। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ। 

बुधबारको कारोबारमा सबै उपसूचकहरु घटेका छन्। सबैभन्दा धेरै निर्माण प्रशोधन र माइक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ ।

आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ। 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १५:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया